image

पिपल्स हाइड्रो सहकारिद्वारा भुकम्प प्रभावित दोलखा अनि रामेछापका विध्यालयहरुलाई जस्तापाता वितरण

वैशाख १२ र २९ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भएका खिम्ति-२ जलबिधुत आयोजना प्रभावित दोलखा र रामेछापका रस्नालु गा. वि. स., जिरि न. पा. तथा हावा गा. वि. स. का १५ विध्यालयहरुलाई यहि असार २५ गते जिरि बजारमा आयोजित कार्यक्रममा ८० बण्डल (८०० थान) जस्तापाता बितरण गरियो । । पिपल्स हाइड्रो सहकारि सं. लि. को संचालक समितिको निर्णय अनुसार ई. महेन्द्र ब. कार्किको नेतृत्वमा गठित ५ सदस्यिय भुकम्प राहत समितिले मिति २०७२-२-२२ देखि २४ सम्म स्थलगत अनुगमन गरि आवश्यकता पहिचान गरेको थियो । २०७२ असार २५ गतेका दिन यस संस्थाका उपाध्यक्ष श्री देब ब. पौडेल ज्यु को नेतृत्वमा संचालक समितिका सदस्यहरु श्री सोम प्रकाश प्रसाईं, श्री अर्जुन कार्किका साथै ई. कृष्ण ब. कुमाल समेतको सहभागितामा जिरि न. पा. जिरि बजारमा सम्बन्धित विध्यालयहरुका प्रतिनिधिहरुलाई भेला गराइजस्तापाताका साथै ढुवानि खर्च समेत वितरण गरियो । जस्तापाता प्राप्त गर्ने विध्यालय र परिमाणहरु निम्नबमोजिम रहेको छ । दोलखा जिल्ला १.जिरी उच्च मा.वि. –जिरी न.पा. (१० बण्डल १०० थान) २.ठूलोपाताल मा.वि.