संस्थाले पहिलो चरणमा आफ्नै व्यवस्थापनमा निर्माण सञ्चालन गर्न लागेको खिम्ती २ जलविद्युत आयोजना सम्वन्धी सामान्य जानकारी:

  1. आयोजनाको Gross Head : ३५८ मिटर ।
  2. आयोजनाले उपयोग गर्ने पानीको मात्रा (Discharge ): Q40 मा १६.१ घ.मि. प्रतिसकेण्ड ।
  3. आयोजनाको प्रसारण लाइनको दूरी: खिम्ती कोरिडोरमा निर्माण हुने १३२ केभीए प्रसारण लाइन जोडिने.
  4. आयोजनाको निर्माण:आयोजनाको PPA सम्पन्न भए लगत्तै आयोजनाको निर्माण कार्य शुरु गरिनेछ
  5. आयोजनाको हालको स्थिति (Present Status): आयोजनाको सम्भावना अध्ययन सन् २००५ मा आयोजनाको Hydrology अध्ययन, विस्तृत सर्वेक्षण, भौगर्भिक अध्ययन तथा Drilling कार्य सम्पन्न भैसकेको भएता पनि यसको थप अध्ययन सहित Feasibility Study Report (Including Drilling work, Topographical Survey, Discharge Measurement Work +++) Update गरिएको ।
  6. आयोजना स्थल पुग्ने बाटोको अवस्था: दोलखाको जिरी देखि आयोजना स्थलसम्म बाटो (All Weather Road)पुगेको छ । त्यस्तै रामेछाप कीर्नेबेंसीदेखि रसनालु जोड्ने ग्राभेल बाटो अन्तिम चरणको निर्माणाधीन अवस्थामा
  7. आयोजनाको विद्युत गृह बन्ने स्थानः खिम्ती खोला र पलाटी खोलाको दोभान नजिकै ।
  8. आयोजनाको बाँध बन्ने स्थानः खिम्ती खोला र जिरी खोलाको दोचनज नजिकै ।
  9. आयोजना प्रभावित क्षेत्र: रामेछाप र दोलाखा जिल्लाको जिल्लाको रसनालु, जिरी, ठूलोपाताल, हावा, बेताली लगायतका गा.वि.स.हरु
  10. आयोजनाको उत्पादन क्षमताः Q40मा ४८.८० मेगावाट ।
  11. आयोजनाको प्रकृतिः नदीको वहाव (Run of Rever)
  12. आयोजनाको सर्वेक्षण अनुमति पत्र नं. र मिति ६४३ / २०६९ साल कार्तिक १५ गते ।
  13. आयोजनामा पानी उपयोग हुने खोलाः खिम्ती खोला ।
  14. आयोजनाको नाम : खिम्ती खोला २ जलविद्युत आयोजना
  15. आयोजनाबाट उत्पादन विद्युतको खरीद बिक्री दर (PPA Rate): सरकारको नीति अनुसार तय गरिनेछ ।
  16. आयोजनाको अनुमानित कूल लगानी: अनुमानित ७०० करोड रुपैयाँ । (४८.८ मे.वा.को लागि )
  17. आयोजनाको निर्माण अवधिः करिव ४ वर्ष ।
  18. आयोजनाको अनुमानित वार्षिक कूल आम्दानी : करिव १५० करोड ।
  19. लगानीकर्ताहरुले आफूले इच्छा गरेको लगानीको रकम बुझाउने तरिका : कूल इच्छित लगानीलाई आयोजनाको कार्य प्रगतिका आधारमा ४ वर्ष भित्रमा आवश्यकता अनुसार संस्थाले विभिन्न किस्तामा रकम माग गर्दै जानेछ । संस्थाले किस्ताबन्दी रुपमा मागे अनुरुप रकम बुझाउनु पर्नेछ ।
  20. आयोजनामा लगानीका प्रकृयाः
    • सर्वप्रथम सहकारी संस्थाले तोकेको न्यूनतम प्रवेश शुल्क (रु एक हजार ) सहित आफूले लगानी गर्न चाहेको रकम (रु १ (एक) लाखको अनुपातमा) संस्थाले तोकेको ढाँचामा लगानी प्रतिवद्धता फारम भरी पहिलो किस्ता लगानी सहित संस्थामा बुझाउने ।
    • शेयर लगानी गर्दा संस्थापक शेयरधनी महानुभावहरुसंग समन्वय गरी संस्थाले तोकेको बैंकमा जम्मा गर्ने ।
  21. आयोजना वरिपरिको समुदाय र सामाजिक अवस्था
  22. आयोजनामा उपयोग हुने नदीको प्रकृति खिम्ती खोलाको पानीको वहाव हिउँद र वर्षा दुवै मौसममा उपयु्क्त देखिन्छ । नदीको यस्तो प्रकृतिले गर्दा वाह«ै महिना अविछिन्न रुपमा बिजुली उत्पादन गर्न सकिन्छ
  23. आयोजनाको लागि अवाश्यक जग्गाहरुको लगत तयार भैसकेको ।
  24. वन विभागबाट अध्ययनको सहमति पत्र प्राप्त गरिसकिएको ।
  25. IEE प्रतिवेदन तयर गरी अन्तिम स्वीकृतिको लागि मन्त्रालयमा पत्राचार गरिसकिएको ।
  26. आयोजनाको TOR स्वीकृत भैसकेको ।
  27. आयोजनाको ग्रीड कनेक्शन एग्रीमेण्ट सम्पन्न भैसकेको ।
  28. मिश्रित समुदाय
  29. सहयोगी, शेयरमा लगानी गर्न इच्छुक र विकास प्रेमी साथै प्रभावित क्षेत्रका बासिन्दाले आयोजनामा शेयर लगानी गर्न इच्छा व्यक्त गरकाले उनिहरुलाई प्राथमिकतामा राखी शेयर वितरण गरिने सहकारीको नीति भएकले यो आयोजनाबाट लाभान्वित हुने समुदाय पनि स्थानीय नै हुनेछन् । त्यसैले आयोजना समयमा नै सम्पन्न गर्नका लागि स्थानीय बासिन्दा उत्साहित र सहयोगी हुनेछन् ।
  30. आयोजना स्थल पुग्ने बाटोको अवस्था दोलखाको जिरी देखि आयोजना स्थलसम्म बाटो (All Weather Road)पुगेको छ । त्यस्तै रामेछाप कीर्नेबेंसीदेखि रसनालु जोड्ने ग्राभेल बाटो अन्तिम चरणको निर्माणाधीन अवस्थामा

आयोजनाका प्रारम्भिक लगानीकर्ताहरु ः

  • यो आयोजनाको विकास, निर्माण, व्यवस्थापन र लगानीमा नेपालका प्राध्यापक, उद्यमी, व्यवसायी, समाजसेवी, प्रशासक, डाक्टर, इञ्जिनियर र व्यवस्थापन विज्ञ, संघ संस्थाहरु आयोजनाका प्रारम्भिक लगानीकर्ताह्रु हुनुहुन्छ । आयोजनामा लगानी गर्न चाहेमा सम्पर्क गर्ने व्यक्ति/संस्था :
    • खिम्ती खोला जलविद्युत आयोजनाको कार्यालय, काठमाडौं ४७८१८९१
    • संस्थाले तोकेका संयोजकहरुः

यस संस्था मार्फत प्रस्तावित जलविद्युत आयोजनामा लगानीे गर्न इच्छुक व्यक्ति/संघ/संस्थाहरुको लगानी सुरक्षित गर्न निम्नानुसारका व्यवस्था गरिनेछ ।

  • लगानीमा नगद कारोवार नगरी बैंक मार्फत संकलन र खर्च गरिनेछ ।
  • नेपाल भरका विभिन्न वित्तिय सस्ंथाहरुमा नन अपरेटिभ खाता सञ्चालन गरिनेछ ।
  • आवश्यकता अनुसार संस्थाको सञ्जाल नेपाल भर विस्तार गराइनेछ ।
  • संस्थाको आवश्यक अनुगमन सम्बन्धित सरकारी निकायबाट हुनेछ ।