image

देशकै पहिलो इपिसी–एफ मोडलमा खिम्ती–२ को निर्माण

 सरकारले इपिसी–एफ मोडलमा ठूला जलविद्युत आयोजना निर्माण गर्ने बहस गरिरहँदा एक कदम अघि बढेर यसलाई निजी क्षेत्रले व्यवहारमा उतारेको छ । ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजनामा चिनियाँ कम्पनीलाई लगानी ल्याउने जिम्मा समेत दिएर निजी क्षेत्रले यसको पुष्टि गरेको हो । रामेछाप र दोलखाको सीमामा निर्माण हुने आयोजनामा चीनको चोङक्विङ वाटर टर्बाइन वर्क्स (सिडब्लूटिडब्लू) ले ८ करोड ८० लाख अमेरिकी डलर लगानी सहित निर्माणको ठेक्का पाएको छ । पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्ने उक्त आयोजनाका लागि लगानी भित्र्याउने तथा ठेक्काका विषयमा गत फागुन ३० (१४ मार्च, २०१८) गते चीनमै सम्झौता भएको थियो । तर, सम्झौता कागजात आदानप्रदान भने नभएको कम्पनीले जानकारी दिएको छ । चिनियाँ कम्पनीसँगको दर्जनौं छलफलपछि मात्र लगानी जुटाउने र ठेक्का सम्झौता गर्ने चरणमा पुगेको कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण आचार्यले बताए । ‘निर्माण सुरु भएको ३ वर्षमा आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने, ‘त्यही अनुसार कम्पनीले काम अघि बढाइसकेको.